युद्ध अपराधी रुसी सैनिकलाई युक्रेनमा आजीवन कैद
baahrakhari.com · Tue May 24 22:00:00 GMT 2022
किभ । युक्रेनस्थित एक अदालतले एकजना रुसी ट्याङ्क कमान्डरलाई एकजना सर्वसाधारणको ज्यान लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । युक्रेनी फौजद्वारा नियन्त्रणमा लिइएका सार्जेन्ट भादिम सिसिमरिन युक्रेन युद्ध सुरु भएयता युद्ध अपराधका लागि मुद्दा खेप्ने पहिलो रुसी सैनिक हुन् ।
उनीविरुद्ध २८ फ्रेब्रुअरीमा उत्तर पूर्वी गाउँ छुपाकिभ्कामा ६२ वर्षीय ओलेक्सान्दर सेलिपोभको हत्या गरेको अभियोग लागेको थियो । उनले अदालतमा आफूले ती वृद्धलाइ गोली चलाएको स्वीकारेका थिए । तर उनले आफ्नो कमान्डरको आदेशको कारण मात्र गोली चलाएको बताउँदै मृतकको पत्नीसँग माफी मागेका थिए । अन्य थुप्रै रुसी फौजविरुद्ध पनि अहिले युद्ध अपराधका सिलसिलामा अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)