एस्टन भिल्लाको नयाँ व्यवस्थापकमा एमरी नियुक्त
ekantipur.com · Tue Oct 25 01:39:46 GMT 2022
काठमाडौँ — इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले सोमबार आफ्नो व्यवस्थापकमा अनुभवी उनइ एमरीलाई नियुक्त गरेको छ । स्टेफन जेरार्डलाई बर्खास्त गरेपछि मुख्य प्रशिक्षकको पद खाली थियो ।
आर्सनलका पूर्वव्यवस्थापक ५० वर्षीय एमरी अहिले स्पेनी क्लब भिल्लारियलको जिम्मेवारीमा छन् । नोभेम्बर १ बाट उनले भिल्ला सम्हाल्ने छन् । एमरीले भिल्लारियल छाड्नका लागि भिल्लाले ५२ लाख पाउन्ड तिर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)