कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, परिवर्तनका लागि मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर
nepalpress.com · Mon Oct 12 06:58:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पार्दै पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो यात्रा निरन्तर अघि बढ्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)