बागलुङ र पर्वत जोड्ने सडकमा यातायात पुनः सञ्चालन
ratopati.com · Mon Oct 12 07:01:59 GMT 2026

काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बागलुङ र पर्वत जिल्ला जोड्ने मालढुङ्गा पुलमा आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ। बाढीले क्षतिग्रस्त बनाएको पुलको एप्रोच सडक मर्मत गरिएसँगै सवारीसाधनको आवागमन सुचारु भएको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार, बाढीले पुलतर्फ जाने करिब ३० मिटर एप्रोच सडकमा गम्भीर क्षति पुर्याएको थियो। सोही क्षतिग्रस्त खण्डमा तत्कालका लागि अस्थायी संरचना निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)