मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु

gorkhapatraonline.com · Mon Oct 12 07:05:51 GMT 2026

नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घले मासिक रु तीन हजारका दरले ज्येष्ठ पत्रकार पेन्सन वितरण सुरु गरेको हो ।

पत्रकार महासङ्घ खोटाङले सुरु गरेको पेन्सन सुविधा लिने पहिलो पत्रकार प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य पर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७२ वर्षीय पत्रकार आचार्यलाई दसैँ÷तिहार तथा छठ पर्वका अवसर पारेर पत्रकार महासङ्घ खोटाङले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा तीन महिनाको पेन्सन उपलब्ध गराइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)