मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारीको रकम हिनामिना मुद्दामा गाउँपालिका अध्यक्षसहित २० जनालाई पक्राउ पुर्जी

deshsanchar.com · Wed Jun 30 14:43:45 GMT 2021

दाङ– दाङ देउखुरी जिल्ला अदालतले एक सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संलग्न २० जना व्यक्तिको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

देउखुरी बचत तथा ऋण सहकारी संस्थामा मर्ज हुनुअघि रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रुपैयाँ हिनामिनाको मुद्दामा अनुसन्धानका लागि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार तथा सूचना अधिकारी धनसिंह गिरीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)