घानामाथि जित निकाले पनि समूह चरणबाटै बाहिरियो उरुग्वे
kendrabindu.com · Fri Dec 02 17:14:00 GMT 2022
अन्तिम खेलमा जित निकाल्दा पनि उरुग्वे फिफा विश्वकप कतार २०२२ को समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार घानामाथि २-० को जित निकाले पनि गोलअन्तरमा उरुग्वे नकआउट चरणमा प्रवेश गर्न नसकेको हो ।
घानाले खेलको १७अौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुले सो अवसर सदुपयोग गर्न सकेनन् । त्यसपछि २६अौं मिनेटमा जिअर्जिअन डे अरासेटाले उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । ३२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए तर, नकआउट चरणमा प्रवेश गर्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)