करिब २२ केजी सुन भन्सारलाई हस्तान्तरण
ratopati.com · Mon Oct 12 07:19:47 GMT 2026

काठमाडौँ । प्रहरीले बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट बरामद गरेको २१ केजी ७५० ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । म्याद लिएर अनुसन्धान गर्न भन्सार कार्यालयलाई सुन हस्तान्तरण गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
सुनसहित पक्राउ परेका ३ जना चिनियाँहरूमाथि भन्सार कार्यालयले म्याद लिएर अनुसन्धान सुरु गरेको छ । सुन कहाँबाट आयो र कहाँ जाँदैथियो भन्नेबारे प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)