कांग्रेस सहमहामन्त्री (खुल्ला) को मतगणनामा खतिवडाको अग्रता कायमै
ratopati.com · Mon Oct 12 07:24:57 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुल्ला) पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो अग्रता कायमै राखेका छन् । २ हजार ८९ मत गन्दा खतिवडाको अग्रता कायमै छ । उनले यसअघिका गणनामा पनि अग्रता नै लिएका थिए ।
निर्वाचन समितिका अनुसार दोस्रोमा अजयबाबु सिवाकोटीले ६९२ मत प्राप्त गरेका छन् । डिल्लीराम सुवेदीले ५१९, देवेन्द्रराज कँडेलले ४१८, विकास कोइरालाले ३४९ र रमेश प्रसाद धमलाले २४७ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)