ग्यास सिलिन्डर साट्ने केन्द्र ११ वटा पुगे, काठमाडौं–ललितपुरका यी स्थानबाट साट्न सकिने
ajakoartha.com · Mon Oct 12 07:28:00 GMT 2026

काठमाडौं- बडादसैँ नजिकिएसँगै नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साट्ने केन्द्रको संख्या बढाएर ११ पुर्याएको छ । संघले आजदेखि काठमाडौं र ललितपुरका थप पाँच स्थानमा सिलिन्डर साट्न सकिने व्यवस्था मिलाएको हो ।
यसअघि ६ वटा केन्द्रबाट सिलिन्डर साट्न सकिने व्यवस्था रहेकामा अब काठमाडौंको बुढानीलकण्ठ, कलंकी, खसीबजार र सतुंगल तथा ललितपुरको हरिसिद्धिमा समेत यो सुविधा उपलब्ध हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)