सर्वोच्चमा सिफारिस न्यायाधीशविरुद्ध उजुरी आह्वान
annapurnapost.com · Mon Oct 12 07:28:59 GMT 2026

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)