मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टिकट अभाव देखाउँदै दोब्बर भाडा

ekantipur.com · Sun Oct 02 00:55:00 GMT 2022

काठमाडौँ — दसैंमा घर जान बसको टिकट बुकिङका लागि विनीता श्रेष्ठ पराजुलीे बिहीबार गौशालास्थित टिकट काउन्टर पुगिन् । तर, विराटनगरसम्म जाने टिकट पाइनन् । उनको परिवार अब रिजर्भ बसमा जाने तयारीमा छ । मध्यपुर थिमि कौशलटार बस्ने पराजुलीले भाडाबापत २ हजार ५ सय रुपैयाँ तिर्नुपरेको बताइन् । जबकि सरकारले काठमाडौं–विराटनगरको सार्वजनिक बस भाडा १ हजार ५ सय ४८ रुपैयाँ तोकेको छ ।

‘काउन्टरमा टिकट अभाव देखाउँछन्, बाहिर बार्गेनिङमा व्यवसायीले रिजर्भ बस सञ्चालन गरिरहेका छन्,’ उनले भनिन्, ‘चाडपर्वको मौकामा यात्रुलाई खुल्लमखुला ठगी भइरहेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)