एमालेमा ओलीको शक्ति, विद्याको पुनरागमन र नेताहरूको मौनता
nepalpress.com · Mon Oct 12 07:42:34 GMT 2026

नेकपा एमालेभित्र अहिले देखिएको घटनाक्रमलाई दुई नेताबीचको मनमुटाब वा सामान्य सङ्गठनात्मक फेरबदलका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि उठेका प्रश्न, निर्वाचनको धक्का र नेतृत्व पुनर्संरचनाको बहसबीच विकसित पछिल्लो समीकरणले एमालेको आन्तरिक शक्ति संरचनाबारे गम्भीर प्रश्न उठाएको छ ।
हिजो विद्या भण्डारीको सदस्यता नवीकरण रोक्ने नेतृत्वले आज उनैलाई वरिष्ठ नेताको जिम्मेवारी दिएर शपथ खुवाउनु आफैँमा अर्थपूर्ण राजनीतिक घटना हो । अर्कोतिर, पार्टीको कमजोर चुनावी परिणामपछि नेतृत्वको समीक्षा आवश्यक ठान्ने नेताहरूको आवाज कति प्रभावकारी रह्यो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)