गगन–विश्वप्रकाशसहित कांग्रेस नेताहरुको ‘डिनर मिटिङ’
ratopati.com · Sun Sep 03 23:18:00 GMT 2023
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका एक दर्जन हाराहारीका प्रभावशाली नेताहरुबीच आइतबार राति छलफल भएको छ ।
कांग्रेस नेता अर्जुन नरसिंह केसीको निवास इटालीटारमा नेताहरुबीच डिनरसहितको छलफल भएको हो । सो क्रममा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीका साथै पार्टी रुपान्तरण तथा वैचारिक पुनर्जागरणका विषयमा छलफल भएको नेता केसीले जानकारी दिए । छलफलमा निकट भविष्यमा एकजुट भएर अगाडि बढ्ने बारेमा समेत छलफल भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)