चीनको घरेलु बजारमा लगातार १२औँ महिना कार बिक्रीमा मन्दी
lokaantar.com

चीनको घरेलु बजारमा गाडी (कार) बिक्रीमा लगातार १२ औँ महिना पनि मन्दी कायमै रहेको छ। आन्तरिक बजार सुस्त भएपछि चिनियाँ कार निर्माता कम्पनीहरूले वैदेशिक बजारमा ध्यान केन्द्रित गर्दा कार निर्यात भने उकालो लागिरहेको रोयटर्सले जनाएको छ ।
चाइना प्यासेन्जर कार एसोसिएसनले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बर महिनामा यात्रुवाहक सवारी साधनको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.१ प्रतिशतले घटेर १६ लाख ३० हजार (१.६३ मिलियन) युनिटमा सीमित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)