१५ दिनपछि खुल्यो मालढुङ्गा पुल, पश्चिम नेपालको जनजीवन सहज !
lokaantar.com

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ–पर्वज जोड्ने मालढुङ्गाको पुलमा क्षति पुर्यायो । पुलको पर्वतपट्टी पहुँचमार्ग बाढीले बगाउँदा १५ दिनदेखि यातायात ठप्प भएको थियो । पुल सञ्चालन नहुँदा बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका दर्जनौं जिल्ला प्रभावित भएका थिए ।
सोमबार पुलको पहुँच मार्ग निर्माण भएपछि यातायात सञ्चालनमा आएको छ । दशैंको बेलामा मुख्य पुल नै बन्द हुँदा हजारौं नागरिकले सास्ती खेप्नु परेको थियो भने बागलुङ बजारमा महँगी बढेको थियो । सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीसहित दर्जनौं कामदारले चौबीसै घण्टा काम गरेपछि सोमबार बिहान १० बजेदेखि पुल सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)