माओवादी र एकीकृत समाजवादीबीच औपचारिक एकता वार्ता सुरु
lokaantar.com · Sun Jan 22 16:33:17 GMT 2023
नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) औपचारिक रुपमा एकता वार्ता सुरु भएको छ । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आइतबारदेखि दुई पार्टीबीच औपचारिक संवाद सुरु भएको जानकारी दिए ।
उनकाअनुसार दुई पार्टीद्वारा गठित वार्ता समितिहरुको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडामा पहिलो बैठक बसेको हो । आजको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारी लगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल भएको उनले बताए । यस्तै पार्टीका दस्तावेजहरु आदानप्रदान पनि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)