१५ दिनपछि सञ्चालनमा आयो मालढुंगा पुल, दसैँमा यात्रुलाई राहत
bishowkhabar.com · Mon Oct 12 08:14:59 GMT 2026

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि १५ दिनदेखि बन्द रहेको बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल सोमबारदेखि सञ्चालनमा आएको छ । पुलको पर्वततर्फको पहुँचमार्ग निर्माण सम्पन्न भएपछि यातायात पुनः सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोली र दर्जनौँ कामदारले चौबीसै घण्टा काम गरेपछि सोमबार बिहान १० बजेदेखि पुल सञ्चालनमा ल्याइएको हो। पुल खुलाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)