विज्ञान–प्रविधिको महत्त्व उच्च
gorkhapatraonline.com · Tue Sep 19 06:50:35 GMT 2023
काठमाडौँ, असोज २ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अत्याधुनिक प्रविधिसहितको सामाजिक–आर्थिक विकास, जलवायु परिवर्तन तथा महामारीजन्य अन्य जोखिमसँग लड्न विज्ञान तथा प्रविधिको महत्व उच्च रहेको बताउनुभएको छ ।
क्युबाको राजधानी हवानामा आयोजित जी–७७ र चीन समूहमा विकासशील मुलुकसम्बन्धी शिखर सम्मेलनमा ‘वर्तमान विकासका चुनौतीहरू : विज्ञानको भूमिका, प्रविधि र नवीनता’ विषयक सत्रमा आइतबार सम्बोधन गर्दै उहाँले विकसित र विकासोन्मुख राष्ट्र, विशेष गरी अल्पविकसित राष्ट्रबिचको प्राविधिक र डिजिटल विभाजनप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “१० औँ वर्ष बितिसक्दा पनि ठोस प्रतिबद्धताका बाबजुद पनि कार्यान्वयन हुन सकेको छैन। त्यसका लागि विकसित राष्ट्रबाट प्रविधि हस्तान्तरणका लागि जोड दिइनु पर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)