वर्षा रोकिएन, कहिले बाहिरिएला मनसुन ?
baahrakhari.com · Fri Oct 06 01:14:26 GMT 2023
काठमाडौं । पानी पर्नेक्रम पूर्ण रूपमा नरोकिएकाले मनसुन बाहिरिन पनि केही दिन ढिलो हुने भएको छ । कोसी र मधेस प्रदेशमा बिहीबार पनि पानी परेको र आज पनि वर्षाको सम्भावना रहेकाले मनसुनी प्रणाली बाहिरिन केही दिन अझै लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“आज पनि देशका केही भागमा वर्षाको सम्भावना देखिएको छ । मनसुन बाहिरिन कम्तीमा दुई/तीन दिन पानी पर्नेक्रम पूर्ण रुपमा रोकिएर घाम लाग्नु पर्छ,” मौसमविद् प्रतिमा मानन्धर बाह्रखरी सँग भन्छिन्, “तर, कोसी र मधेस प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेकाले केही दिन अझै मनसुन बाहिरिन समय लाग्न सक्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)