तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ratopati.com · Mon Oct 12 08:46:46 GMT 2026

पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका १२ घाँसीकुवामा डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक सोमबार अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक धादिङको सिद्धलेक गाउँपालिका ६ बस्ने अन्दाजी ३० वर्षीय सञ्जीव मगरको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)