पहिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक घाइते
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

मुगु । मुगमा पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य शुरू गरिएको थियो।
पहिरोभित्र च्यापिएका चालकलाई जेसीबीको मद्दतले उद्धार गरी बिहान १०ः३० बजे बा.प्र. ०१००४ क ६४८३ नम्बरको ट्रकमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लैजाने क्रममा उनको अवस्था निकै चिन्ताजनक रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)