कञ्चनपुरस्थित जोगबुढा नदीको बाढीमा फसेकाको सेनाद्वारा उद्धार
baahrakhari.com · Mon Sep 01 18:01:23 GMT 2025

काठमाडौं । नेपाली सेनाले अविरल वर्षाका कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले डुबानमा परेका २५ जनाको सकुशल उद्धार गरेको छ ।
बाढीले नदीको तटबन्धलाई पार गरी जग्रगा टोल र ट्यापु गाउँमा पस्दा डुबानमा फसेका नौ पुरुष, ११ महिला र पाँच बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)