मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको खैबर पख्तुनख्वामा संकटकाल, इमरान खानको पार्टीको प्रान्तीय सरकार निलम्बित

setopati.com · Mon Oct 12 09:23:52 GMT 2026

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा आइतबार संकटकाल घोषणा गर्दै जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीको नेतृत्वमा रहेको प्रान्तीय सरकार निलम्बन गरेका छन्।

इस्लामिक उग्रवाद नियन्त्रण गर्न प्रान्तीय सरकार असफल भएको भन्दै संघीय सरकारले यस्तो कदम चालेको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ। यससँगै खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टी र संघीय सरकारबीचको टकराव थप चर्किएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)