१५ दिनपछि बन्यो मालढुङ्गा पुल, बागलुङमा सिधा यातायात सञ्चालन
kathmandupati.com · Mon Oct 12 09:23:05 GMT 2026

काठमाण्डु – १५ दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको हो ।
करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका इन्जिनियर अमर अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)