बागमती प्रदेशमा लाइसेन्सको नयाँ दर सार्वजनिक : नयाँदेखि नवीकरणसम्मको शुल्क दोब्बर, कुन समूहको कति ?
ajakoartha.com · Tue Jun 30 06:39:00 GMT 2026

काठमाडौं– बागमती प्रदेशमा आगामी साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै शुल्क दोब्बर हुने भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत लाइसेन्स आवेदन, नवीकरण र वर्ग थपसम्बन्धी शुल्क वृद्धि गरेको हो।
नयाँ व्यवस्थाअनुसार लाइसेन्स आवेदन शुल्क ५०० रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ पुर्याइएको छ। यस्तै, मोटरसाइकल तथा स्कुटर (ए वर्ग) को नयाँ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५०० रुपैयाँबाट ३ हजार रुपैयाँ कायम गरिएको छ। कार, जीप र भ्यान (बी वर्ग), टेम्पो तथा अटोरिक्सा (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) को लाइसेन्स तथा नवीकरण शुल्क २ हजारबाट ४ हजार रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)