उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह
khabarhub.com · Mon Oct 12 09:41:57 GMT 2026

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तु बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ ।
अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक भण्डारण गरी कालोबजारी गर्ने तथा विभिन्न बहानामा मूल्य बढाउने गरेको जनगुनासो बढेपछि प्रशासनले व्यवसायीलाई सचेत गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)