मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयन बुलियन कम्पनीद्वारा ‘HBC App’ सार्वजनिक: अब साना–साना भुक्तानीमार्फत वास्तविक चाँदीको स्वामित्व लिन सकिने

ajakoartha.com · Mon Oct 12 09:39:00 GMT 2026

काठमाडौं- सन् २००० मा स्थापना भएको काठमाडौँस्थित चाँदी प्रशोधन तथा कारोबार गर्ने कम्पनी हिमालयन बुलियन कम्पनी लिमिटेड (HBC) ले iOS र Android प्रयोगकर्ताहरूका लागि आफ्नो नयाँ मोबाइल एप ‘HBC App’ सार्वजनिक गरेको छ।

यस एपमार्फत ग्राहकहरूले आफूलाई सहज हुने रकम र समयमा चरणबद्ध भुक्तानी गर्दै वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन्। सम्पूर्ण रकम भुक्तानी भएपछि उक्त चाँदी ग्राहकको पूर्ण स्वामित्वमा आउनेछ। सामान्यतया चाँदी खरिद गर्न पहिले नै एकमुष्ट रकम जम्मा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। तर HBC App ले यस प्रक्रियालाई सरल बनाएको छ। अब ग्राहकहरूले आफूसँग उपलब्ध रकमबाटै चाँदी खरिदको सुरुवात गर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)