मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा गीता सोडारी दोषी ठहर, ६ महिना कैद सजाय

annapurnapost.com · Thu Jul 11 13:48:43 UTC 2024

धनगढी : गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन्। नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो। अख्तियारले २०७९ सालको असोज ७ गते गीताविरुद्ध विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ। विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए। गीताविरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्दामा कैद र जरिवाना माग दाबी गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)