मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चट्याङ लागेर एक महिलाको मृत्यु

annapurnapost.com · Thu Jul 11 13:18:06 UTC 2024

रौतहट : चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। मौलापुर नगरपालिका-८ सोनरनिया टोलकी ५५ वर्षीया धरोहरी देवी बैठा खेतमा धान रोप्दै गर्दा बिहीबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

चट्याङ लागेर मृत्यु भएको महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बिहीबार बिहान परेको चट्याङले बैठाको ज्यान गएको मौलापुर इलाका प्रहरी कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)