म्याग्दीको ताकममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु
annapurnapost.com · Fri Jul 12 01:15:40 UTC 2024

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो ।
घरभित्र सुतेका घरधनी अन्दाजी ५०/५१ वर्षका तुलप्रसाद र उनकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)