मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

annapurnapost.com · Fri Jul 12 01:30:24 UTC 2024

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिने जानकारी गराएका छन्। प्रधानमन्त्रीलाई नेकपा एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले संसद फेस गर्ने बताउँदै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)