प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतको ओइरो
annapurnapost.com · Fri Jul 12 03:14:27 UTC 2024

काठमाडौं : एकपछि अर्को दलले समर्थन फिर्ता लिन थालेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाउने निश्चित छ। उल्टै विपक्षमा झन्डै दुई तिहाइ मत पर्ने सम्भावना बलियो बन्दैछ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने र निर्णायार्थ पेश गर्न आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)