नयाँ सरकार कसरी बन्छ ?
annapurnapost.com · Fri Jul 12 03:17:09 UTC 2024

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि आज असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन्। नेकपा एमाले र नेपाली कांग्रेसले यही असार १७ गते मध्यरातमा नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए। एमालेले विश्वासको मत फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
२०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर प्र्रधानमन्त्री दाहालले एमालेसहितको गठबन्धन बनाएपछि विश्वासको मत लिएका थिए। संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)