मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्याजदर नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालयमा तालाबन्दी गर्ने चेतावनी

hamrakura.com · Fri Oct 21 00:00:00 GMT 2022

पोखरा । पोखराका होटल व्यवसायीले बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थ मन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । होटल सङ्घ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी यस्तो चेतावनी दिएको हो । वित्तीय संस्थाद्वारा एकतर्फी रूपमा वृद्धि गरिएको ब्याजदर एक अङ्कमा झार्न नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयलाई व्यवसायीले आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)