इदले नेपाली समाजको सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति
nepallive.com · Tue May 03 00:35:00 GMT 2022
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्।
इदका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेकी छन्। यस्ता पर्वले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)