जनता खुसी र सुखी भएमात्र राज्य बलियो हुन्छ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी
barnanmedia.com · Sun Apr 13 22:07:16 GMT 2025

काठमाडौँ, १ वैशाख : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनतामा देखिएको असन्तुष्टि, आक्रोश र बढिरहेको निराशाको कारण र निदान खोज्दै सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताउनुभएको छ ।
नववर्ष २०८२ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमन चयन कायम भई राज्य बलियो हुने धारणा व्यक्त गर्नुभएको हो । पूर्वप्रधानन्यायाधीश समेत रहनुभएका रेग्मीले सबै विषयको संवाहक शक्ति जनता भएकै कारण लोकतन्त्रमा जनता सर्वोपरि हुन् भनिएको स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)