सरकारले ६७ करोड ५० लाखको धान किन्ने, १५ हजार मेट्रिक टन खरिदको योजना
aarthiknews.com

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा सरकारले न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना अघि बढाएको हो ।
मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा किसानको उत्पादन खरिद गर्ने तयारी गरेको छ । धान खरिद गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले मन्त्री चौधरीले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दै खरिद प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)