जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई
barnanmedia.com · Sun Apr 13 22:15:12 GMT 2025

काठमाडौँ, १ वैशाख : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
अध्यक्ष भट्टराईले नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)