मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रान्तिकारीले नयाँ धरातलबाट सोचौँः पूर्वप्रधानमन्त्री खनाल

barnanmedia.com · Sun Apr 13 22:12:24 GMT 2025

काठमाडौँ, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, प्रगतिशील शक्तिहरु तथा देशभक्तहरुले नयाँ धरातलबाट सोच्नुपर्ने बताउनुभएको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नयाँ वर्षको अवसरमा सबै कम्युनिष्ट क्रान्तिकारीहरुले नयाँ घरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान सङ्कटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात गरौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)