मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ राजदूत सिफारिस

gorkhapatraonline.com · Sun Jul 16 05:59:13 GMT 2023

काठमाडौँ, असार ३१ गते । सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गोरखापत्रलाई बताउनुभयो।

उहाँले भन्नुभयो, “खाली रहेका सातमध्ये छ वटामा सिफारिस भइसक्यो, एउटामा बाँकी छ।” मन्त्रीपरिषद्को बिहीबारको बैठकले मन्त्रालयले सिफारिस गरेका नामलाई अनुमोदन गर्दै राजदूतका लागि सिफारिस गरेको हो। सिफारिस भएका छ जना नै परराष्ट्र मन्त्रालयका सहसचिव अर्थात् पेसागत कूटनीतिज्ञ हुनुहुन्छ। जस अनुसार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा सहसचिव लोकबहादुर थापा सिफारिस हुनुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)