मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

एम्बुलेन्सले यात्रु ओसार्दा ...

pahilopost.com · Sun Jun 05 01:17:48 GMT 2022

पाल्पा: रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ। बा२झ १७४३ नम्बरको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो।

प्रभासबाट रामपुरतर्फ चार यात्रु लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्ने क्रममा ट्राफिक कारबाहीमा परेको हो। भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए। पहिलोपटक रहेकाले एक हजार रुपैयाँ जरिवाना गरी एम्बुलेन्सलाई छाडिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)