सोनामाई शक्तिपीठमा भूत मेला सुरु
gorkhapatraonline.com · Mon Oct 12 11:01:37 GMT 2026

बडादसैँको घटस्थापनासँगै महोत्तरीको औरही नगरपालिका–७, भोइलस्थित प्रसिद्ध सोनामाई शक्तिपीठमा परम्परागत भूत मेला सुरु भएको छ। मेलामा पहिलो दिनदेखि नै दर्शनार्थी तथा ‘कारनी’ भनिने पीडितको भीड लागेको छ।
सोनामाई पूजा समितिले यस वर्ष मेला अवधिमा पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेको छ। दसैँको चौथीदेखि अष्टमीसम्म विशेष रूपमा भूत मेला लाग्ने यहाँ घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजा तथा धार्मिक अनुष्ठान सञ्चालन गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)