विपद्ले बिचल्ली, प्रतिकार्य फितलो
annapurnapost.com · Wed Jun 21 00:17:00 GMT 2023
यो वर्ष मनसुनजन्य विपदबाट साढे १२ लाख नेपाली प्रभावित हुने राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमान छ। तर तिनलाई कसरी प्रभावित हुन नदिने भन्ने कसरत सरकारले सुरु गरेकै छैन।
मनसुन सक्रिय हुन लागेको एक साता नबित्दै बाढी र पहिरोले कोसी प्रदेशमा १२ जनाको ज्यान लिँदा देशका अरू ठाउँमा पनि छिटपुट घटना भइरहेका छन्। बर्खा र बाढीपहिरो नेपालमा नियमित आकस्मिकता हुँदै आएको छ। वर्षैपिच्छे सयौं नेपालीले बाढी र पहिरोमा ज्यान गुमाउँछन्। तर सरकारसँग बाढीपहिरोबाट नागरिकको ज्यान जोगाउने दीर्घकालीन कुनै कार्यक्रम र योजना छैन। नीति बनाउँछ तर कार्यान्वयन गर्दैन। विपद् प्रतिकार्य पनि फितलो छ। मन्त्री र प्रधानमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमा पुग्छन्। सान्त्वना देखाउँछन् मात्रै, प्रभावितहरूको कहिल्यै पुनस्र्थापना हुँदैन। यसपालि त थुप्रैले ज्यान गुमाए, अर्काेपालि यस्तो नहोला भन्न सकिने कुनै आधार सरकारले तयार गर्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)