माओवादी नेताकाे 'स्याडाे बक्सिङ'ले २१ महिनामा पनि सुल्झिएन अखिल क्रान्तिकारीकाे किचलाे
shilapatra.com · Thu Jun 29 00:33:37 GMT 2023
माउ पार्टीकै कोही नेता असन्तुष्ट हुँदा त उठ् भने उठ् र बस् भने बस् गराउन सक्ने शक्तिशाली नेतृत्व रहेको माओवादी केन्द्रमा एउटा भ्रातृ संगठनको विवाद २१ महिनादेखि निरन्तर छ । महाधिवेशनबाट चयन भएको नेतृत्वविरुद्ध असन्तुष्ट पक्षले समानान्तर कमिटी चलाइरहेको छ । तैपनि, न विद्रोहीमाथि कारबाही हुन्छ न त विवाद सुल्झिन्छ । किनभने, अखिल क्रान्तिकारीभित्र मौलाएको विवादका पछाडि माउ पार्टीका नेताहरूको 'स्याडो बक्सिङ' चलिरहेको छ ।
विद्रोही समूहले २१ जेठमा केन्द्रीय कमिटीको बैठक राखेर असोजमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्यो । दुई दिन चलेको बैठक सकिएको चार दिनपछि पुनः सोही समूहले क्रान्तिकारी संगठनको रक्षार्थ संघर्षमा जुटौँ भन्दै अर्को अपिल जारी गर्यो । अपिलमा भनिएको छ– संगठनलाई विधिवत, संस्थागत र एजेण्डामा केन्द्रित गरी सञ्चालन गर्न र वास्तविक विद्यार्थीहरूको अखिल (क्रान्तिकारी) निर्माण गरी विद्यार्थी आन्दोलनलाई जीवित तुल्याउँदै नयाँ पुस्तालाई देशको मूल नीति र नेतृत्वमा ल्याउनका लागि हाम्रो संघर्ष हो । हामी कसैका दास होइनौँ दासत्वबाट संगठन लाई मुक्त गर्ने अभियानमा लागि परेका हौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)