२०८१ लाई फर्केर हेर्दाः उथलपुथलमय बन्यो कूटनीतिक क्षेत्र, सुखद रहेन कूटनीतिक सम्बन्ध
rajdhanidaily.com · Sun Apr 13 23:12:57 GMT 2025

काठमाडौं । २०८१ सालमा नेपालका लागि अन्तर्राष्ट्रिय सम्बन्धमा सुधारको कुनै संकेत देखिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएर आएपछि नेपाल–भारत सम्बन्ध हार्दिकता हुन सकेन । प्रधानमन्त्री ओलीले जारी गरेको चुच्चे नक्साका कारण उसै पनि चिढिएको भारतसँग सम्बन्ध सुधारका लागि पटक–पटक प्रयास नभएका होइनन् तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई महत्व दिएनन् ।
दलहरूबाट पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि प्रयास भएको देखिन्छ । तर, त्यसले कुनै सार्थकता पाउन सकेको देखिएन । नेपाल र भारतबीच विभिन्न संयन्त्रको नियमित बैठक हुने गरेको भए पनि दुई देशबीचको मैत्रीपूर्ण भ्रमण भने हुन सकेन । भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैपटक प्रयास पनि गरे तर भारतले नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निमन्त्रणा दिनुपर्ने आवश्यकता ठानेन । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गरेको ९ महिनाभन्दा बढी भए पनि भारतबाट निमन्त्रणा नआएपछि परराष्ट्रमन्त्री आरजु राणाले धेरैपटक प्रयास गरिन् तर परराष्ट्रमन्त्री राणाको जोडबल निरर्थक रह्यो । परराष्ट्रमन्त्री राणालाई भारतीय प्रधानमन्त्री मोदीले रेड कार्पेट ओछ्याएर स्वागत गर्दा नेपालमा हलचल भयो, जुन भ्रमणले प्रधानमन्त्री ओलीलाई झस्काइदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)