प्रमुख प्रतिपक्षी तिर अध्यक्ष प्रचण्डको नजर
barnanmedia.com · Sun Apr 13 23:09:33 GMT 2025

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष–२०८२ मा नयाँ सरकार बन्ने आशा गरेका छन् । आइतबार चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँग वर्तमान सरकार धेरै चल्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ प्रचण्डले भने, ‘केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)