मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

khabarhub.com · Mon Oct 12 11:39:27 GMT 2026

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुर्‍याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्‍याली निकालेका छन् ।

सप्ताहन्तमा प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि मतदाता सूची पुनरावलोकनविरुद्धको आन्दोलन थप चर्किएको हो । विपक्षी सांसद तथा उनीहरूका समर्थकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रधानन्यायाधीशसमक्ष निवेदन बुझाउने प्रयास गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)