जीवन बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी, ४१ जना परिक्षार्थी कारबाहीमा
arthasansar.com · Mon Oct 12 11:39:30 GMT 2026

नेपाल बीमा प्राधिकरणले अनलाइन परीक्षामा अनियमितता गरेको भन्दै ४१ जना बीमा अभिकर्ता परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्दै तीन महिनासम्म अभिकर्ताको परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको हो।
प्राधिकरणका अनुसार अनलाइन परीक्षामा सहभागी केही परीक्षार्थीको विवरण र परीक्षामा उपस्थित व्यक्तिबीच फरक पाइएको थियो। अनलाइन प्रणालीमा प्रविष्ट गरिएको तस्बिरमा भएको व्यक्तिभन्दा फरक व्यक्ति परीक्षामा सहभागी भएको तथा परीक्षामा अनियमितता गरिएको निरीक्षणका क्रममा फेला परेपछि कारबाही गरिएको प्राधिकरणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)