इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा पाकिस्तानको कीर्तिमानी जित : इङ्ग्ल्यान्ड १० विकेटले पराजित
Ujyaaloonline.com · Fri Sep 23 00:48:27 GMT 2022
काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिक्रेटमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भयो ।
इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे । कप्तान बाबर अजामले ६६ बलमा ५ छक्का र ११ चौकासहित १ सय १० रनको शतकीय पारी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)